इटहरी : विराटनगर महानगरपालिका १५ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री इटहरी ५ का ३२ वर्षीय सुरज चौधरी र सुन्दरहरैँचा ८ का ३० वर्षीय निशान पुलामी मगरलाई ४ ग्राम ९६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post