उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बिहीबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश नं. १–०५–००१ प २४६० नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्रियुगा ११ इनार चोकस्थित वर्कशपमा मर्मत गर्ने क्रममा फेला पारी मोटरसाइकल चोरीमा संलग्न खोटाङ दिक्तेल मझुवागढी नगरपालिका १७ का २६ वर्षीय अर्जुन प्रधानलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका प्रधानको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post