Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ‘होमवर्क’ नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८१
in समाचार
0
इटहरीमा ‘होमवर्क’ नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट
149
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा विद्यार्थीले ‘होमवर्क’ नगरेको भन्दै एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् ।

इटहरी १६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलमा ९ कक्षामा अध्ययनरत अंशल बुढाथोकीमाथि ‘होमवर्क’ नगरेको भन्दै शिक्षक पूर्णप्रसाद पोखरेल (पीपी) ले बुधबार निर्घात कुटपिट गरेका हुन् ।

१४ वर्षीय बुढाथोकीलाई पोखरेलले शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको पीडित परिवारले बताएका छन् ।

पीडित बालकका ठूलोबुवा राजन बुढाथोकीका अनुसार गणित विषयको ६ वटा प्रश्न दिएर होमवर्क गर्न लगाएको र पाँचवटा मात्रै गरेको भन्दै शिक्षकले कुटपिट गरेका हुन् ।

‘एउटा प्रश्नको उत्तर आएन सर भन्दा सख्त घाइते हुनेगरी बेहोस नै हुने अवस्थासम्म कुटपिट भयो,’ उनले भने, ‘मेरो अझै रिस मरेको छैन भन्दै शिक्षकले कुटपिट गरेछन् ।’

उनका अनुसार विद्यार्थीले घरमा अभिभावकलाई भनेमा झन् कुट्ने भन्दै धम्कीसमेत दिएका थिए । घाइते विद्यार्थीको हाल विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको बुढाथोकीले बताए ।

‘त्यति धेरै कुटपिट हुँदा पनि हामीलाई विद्यालयले थाहै दिएन । अरु शिक्षकहरूबाट पनि खबर र समन्वय भएन,’ उनले भने, ‘अभिभावकलाई भनिस् भने झन् कुट्छु भन्दै धम्की दिएका कारण बेलुका बच्चाले केही भनेको थिएन, अरु नै अभिभावकमार्फत थाहा पायौँ । र, राति नै विराटनगरमा उपचारका लागि ल्याइएको छ ।’

उक्त कुटपिटको घटनाले विद्यार्थीको मानसिकतामै गम्भीर चोट पुगेको उनले बताए । कुटपिटपछि साँझ गाडीमा हालेर पठाएको र आफूहरूले तेस्रो व्यक्तिबाट थाहा पाएको उनको भनाइ छ ।

यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले प्रहरीमा किटानी जाहेरी आएका कारण शिक्षकलाई पक्राउ गरिएको बताए ।

‘शिक्षकले कुटपिट गरेको र शरीरमा पनि निलडाम देखिएको छ । जाहेरी परिसकेपछि हामीले पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले भने, ‘आजै सुनसरी जिल्लामा म्याद थपका लागि लगिएको छ । म्याद थप गरेपछि थप अनुसन्धान गर्नेछौँ ।’

उनले अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने जनाए ।

यसबारे विद्यालयका प्रिन्सिपल सहदेव काफ्लेले भने घटनामा संलग्न शिक्षकलाई निलम्बन गरिएको बताए ।

उनले भने, ‘हामीले आज सञ्चालक समितिको बैठक बसेर घटनामा संलग्न शिक्षकलाई निलम्बन गर्ने निर्णय ग¥यौँ । हामीलाई पनि हिजो राति मात्रै जानकारी भयो ।’

उनले आफूहरूलाई पनि घटनाबारे राति मात्रै थाहा भएको र बिहान बैठक बसेर निलम्बन गरिएको बताए । विद्यार्थीमाथि कुटपिट गर्नु गलत भएको उनको भनाइ छ ।

Tags: #कुटपिटविद्यार्थीशिक्षादीप बोर्डिङसहदेव काफ्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता
FEATURE BREAKING

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । त्रियुगा नगरपालिकाको सवै वडामा पुस्ताकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुर र नेपाल लाइब्रेरी फाउन्डेसनबीच सम्झौता भएको...

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध
समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको कोशी किनारामा रहेका बस्तीहरु सम्भावित बाढीबाट जोखिममा रहेकोले स्थानीइ प्रशासनले सतर्कता अपनाउन स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ...

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    505 shares
    Share 202 Tweet 126
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    347 shares
    Share 139 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    261 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.