इटहरी : सुनसरी, उदयपुर र पाँचथरबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध बेचबिखान भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका १० का ३० बर्षीय हुसेन बहादुर कटुवाललाई २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, ट्रमाडोल ४५ ट्याब्लेट, स्पास्पेन ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैँयासहित नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा ९५ प ९५१२ नम्बरको मोटरसाइकलमा सवार रहेका त्रियुगा नगरपालिका ११ का २८ वर्षीय अमरबहादुर कार्की र त्रियुगा नगरपालिका १२ का २१ वर्षीय चन्द्रबहादुर कार्कीलाई डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन समेत गरी ४११ एम्पुल नियन्त्रित औषधीसहित पक्राउ गरेको छ ।
यता, सुनसरीको अस्थाई प्रहरी चौकी सिनुवारीको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका ६ स्थितमा को १ ह २०५२ नम्बरको अटो टेम्पोलाई चेकजाँचको क्रममा २८ किलो ३ ग्राम गाँजा बरामद भएसँगै अटो चालक धरान १६ का २० वर्षीय अर्जुन राई र अटोमा सवार २० वर्षीय प्रविन राई, १७ वर्षीया अन्जना तामाङलाई समेतलाई नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post