संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ११ सभाखोलाबाट बिष्फोटक पदार्थसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को १७ प ११८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार खाँदबारी नगरपालिका ९ तुम्लिङटारका २७ वर्षीय विकास कुमालले पछाडि भिरेको झोला भित्रबाट बिष्फोटक पदार्थ बरामद गरिएको हो ।
उनको साथबाट डेटोनेटर २ थान, निओजेल २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा बरामद गरेसँगै बिष्फोटक पदार्थ ओसारपसारमा संलग्न कुमालसहित मोटरसाइकल चालक स्थानीय २७ पर्षीय बसन्त कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post