सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ।
वाङ खोलाले बगाउँदा भोटखोला २ च्याम्ताङका ४ वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले पुष्टि गरे ।
उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययनरत थिए। लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post