Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादनमा वृद्धि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८१
in समाचार
0
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

सांकेतिक तस्बिर । तस्बिर स्रोत : गुगल ।

85
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादकत्व बढ्दै गएको छ । किसानलाई समयमा मलखाद, बीउ तथा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदा उत्पादनमा वृद्धि भएको हो ।

सरकारले अनुदानमा विद्युत् मोटर प्रदान गरेपछि समयमा खेती गरिँदा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लामा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान हुँदै आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएकामा आव २०७९/८० मा चार लाख ३६ हजार चार सय ६७ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार बर्खेधान ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

जिल्लामा उत्पादन हुने बालीमध्ये धान र मकै प्रमुख रहेका विष्टले बताए । सङ्घीय सरकारको सहयोगमा कचनकवल गाउँपालिकामा ‘धान सुपरजोन कार्यक्रम’सञ्चालन गरिएसँगै उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको जिल्लामा कृषिमा आधारित खेतीयोग्य जमिन ९८ हजार ७ सय १६ हेक्टर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख विष्टका अनुसार करिब ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । थप सिँचाइ उपलब्ध गराउने उद्देश्यले सङ्घीय र प्रदेश सरकारले ‘बोरिङ’ तथा स्यालो ट्युबेल खरिदमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

यहाँका किसानका लागि उन्नत बीउबिजन, मलखाद, कृषि उपकरण र प्रविधि खरिदमा अनुदान कार्यक्रम गरिएको जनाउँदै प्रमुख विष्टले अन्य प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेका बताए ।

उनका अनुसार उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुर्याउन कृषि बजार निर्माण, गह्रासुधार तथा चक्लाबन्दी खेती प्रवर्द्धन, तोरीखेती तथा मौरीपालन, स्यालोट्युबेल, मोटर जडान, प्राङ्गरिक मल उत्पादन तथा पूर्वाधार निर्माण, सोलार सिँचाइ योजना, तरकारी सङ्कलन केन्द्र निर्माणलगायत कार्यक्रम सञ्चालित छन् ।

कृषि क्षेत्रको प्रवर्द्धन र संरक्षणमा प्रदेश सरकारको लगानी पर्याप्त नदेखिए पनि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसानलाई अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम उपलब्ध भइरहेका केन्द्रका प्रमुख विष्टले बताए ।

प्रदेश सरकारको सहयोगबाट केन्द्रले केरा ब्लक विकास, स्रोत बीउ तथा उन्नत बीउ उत्पादन, जुटखेती प्रवर्द्धन, युवा लक्षित तरकारी, च्याउ तथा मह उत्पादन, सुपारी प्रशोधन उद्योग तथा यन्त्र उपकरणमा सहयोग, जैविक विषादी उत्पादन तथा प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

प्रदेश सरकारले केन्द्रमार्फत रु ४ करोडभन्दा बढी र स्थानीय तहमार्फत रु नौ करोडभन्दा बढी अनुदान प्रदान गरिरहेको विष्टको भनाइ छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान झापाको उत्पादनले दिइरहेको उनले बताए । यहाँका करिब ६० दशमलव चार प्रतिशत जनसङ्ख्याको जीविकोपार्जनसँग जोडिएको कृषिक्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले खाद्यमा दिगो पहुँच स्थापना गर्न सरकारको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।

कोशी प्रदेशमा झापा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि रोपाइँ हुने क्षेत्र घट्दा खेतीयोग्य जमिन मासिँदै गएका छन् ।

“दश वर्षअघिसम्म जिल्लामा करिब ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्थ्यो । पछिल्लो समय जग्गा प्लटिङ गर्दै आवास क्षेत्रमा परिणत गरिँदा खेतीयोग्य जमिन घट्दै गएको छ”, केन्द्रका प्रमुख विष्टले भने । सहरी क्षेत्रमा बढ्दो प्लटिङ र ग्रामीण क्षेत्रमा युवा जनशक्ति अभाव हुँदा धानको उर्वर फाँट मासिने क्रम बढेको उनले बताए ।

जिल्लाका १५ स्थानीय तहमध्ये कचनकवल, गौरादह, शिवसताक्षी, गौरीगञ्जमा तुलनात्मक रूपमा उत्पादन बढी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानपछि मकै प्रमुख अन्न बालीमा पर्दछ । आव २०७९/८० को तथ्याङ्कानुसार ४४ हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाको झापा गाउँपालिकामा मकै ब्लक कार्यक्रम सञ्चालन गर्दै किसानलाई मलखाद, सिँचाइ र बीउमा अनुदान उपलब्ध गराएसँगै मकैखेती गर्ने किसानको सङ्ख्या बढेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् ।

उनका अनुसार उत्तरी झापामा सुपारीखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालित छन् । साथै यहाँका कृषकले सुपारी बारीमा कागती, मरिच, बेसार, अलैँची र अदुवाखेती गरेका छन् । जिल्लाका किसानले फापर, कोदोलगायत बालीसमेत लगाउँदै आएका जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

सिँचाइका लागि सरकारी सहयोग

जिल्लाको अर्जुनधाराका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन प्रदेश सरकारको सहयोगमा सिँचाइ मोटर वितरण गरिएको छ । किसानलाई दुई–तीन हर्ज क्षमताको सिँचाइ मोटरसहित बोरिङ वितरण गरिएको अर्जुनधारा नगरपालिकाकी कृषि अधिकृत एञ्जिला बेडारीले बताइन् । उनका अनुसार ६० वटाभन्दा बढी मोटर र त्यसमा प्रयोग हुने बोरिङ प्रदान गरिएको हो ।

बाह्रदशी गाउँपालिकाले एक सय पाँच जना किसानलाई सिँचाइका लागि विद्युत् मोटर वितरणको तयारी गरिरहेको गाउँपालिकाका कृषि अधिकृत निशान विष्टले बताए । किसानसँग ५० प्रतिशत साझेदारीमा पानी तान्ने विद्युत् मोटर वितरणको तयारी भइरहेको उनले बताए ।

अघिल्लो आर्थिक वर्ष पनि प्रदेश सरकारको सहयोगमा यहाँका किसानलाई पानी तान्ने विद्युत् मोटर, हातेट्रयाक्टर, च्यापकटर मेसिन, मकै छोडाउन प्रयोग गरिने मेसिनलगायत कृषि उपकरण वितरण गरिएको थियो । यस वर्ष पालिकाका किसानलाई रु एक करोड ६० लाख मूल्य बराबरको विद्युत् मोटर वितरण गरिने सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए । उनका अनुसार रु ३५ लाखको लागतमा कृषिबजार निर्माण गरिएको छ ।

अर्नुनधारा र बाह्रदशीका किसान प्रदेश सरकारबाट उपलब्ध गराएको अनुदान पाउने प्रतिनिधि किसानमात्र हुन् । झापाका १५ स्थानीय तहमध्ये अधिकांश पालिकाका किसानलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न सिँचाइ सुविधा उपलब्ध गराइएको केन्द्रका प्रमुख विष्टले बताए ।

अनुदान पाएपछि फेरियो दैनिकी

बाह्रदशी–५ का किसान तुलसीप्रसाद पाण्डे २०३६ सालदेखि कृषि पेसामा संलग्न छन् । परम्परागत रूपमा खेती गर्दै आएका पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको अनुदान पाएपछि व्यावसायिक खेती गर्न थालेको बताए । अहिले व्यवसायिक रूपमा तरकारी, फलफूलका साथै फूलखेतीबाट मनग्य आम्दानी भइरहेको उनले जानकारी दिए ।

पाण्डेले फलफूल तथा नर्सरी फार्म दर्ता गरेर व्यावसायिक खेतीमा जुटेको बताए । परम्परागत खेतीको तुलनामा काम गर्न सहज भएको भन्दै बजारीकरणको समस्या नरहेको उनले बताए ।

पुष्पखेतीका लागि नर्सरी स्थापना कार्यक्रमअन्तर्गत अनुदान लिएका पाण्डेले अहिले फूल तथा फलफूलका बिरुवा उत्पादनसँगै बजारीकरण गरिरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको अनुदानमार्फत टनेल निर्माण गर्दै उनले विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवा उत्पादन गर्दै बिक्री गर्दै आएका छन् । यससँगै आफ्नो दैनिकी फेरिएको उनको भनाइ छ ।

“एउटा आँपको बोटमा आठ प्रजातिका आँप उत्पादन भएको छ । १६ प्रजातिका आँप एउटै बोटमा फलाउने लक्ष्य लिएको छु । आठ प्रजातिका आँपले फल दिइरहेका छन् भने केहीले फल दिन सुरु गरेका छन्”, पाण्डेले भने ।

सूर्जापुरी, बम्बाई, कृष्णभोग, अम्रपाली, मल्लिका, निलम, तोतापुरी, दसहरी प्रजातिका आँप ‘राउण्डिङ’ गरेर जोडिएको भन्दै केहीले फल दिन सुरु गरेका उनको भनाइ छ । अन्य प्रजातिका आँपका बिरुवा सङ्कलन गर्ने काम भइरहेको उनले जानकारी दिए ।

पाण्डेले होक्सेको बोटमा अमिलो प्रजातिका विभिन्न १० जात जोडेर फल फलाएसँगै २०७२ सालमा राष्ट्रपतिबाट पुरस्कृत भएका थिए । होक्सेको बोटमा  सन्तोला, पहाडको गोल कागती, तराईमा हुने चाइनिज कागती, मदरासी कागती, मन्तोला, बिमिरो, ज्यामिर, नाइटे ज्यामिरलगायत फल फलाएपछि उत्कृष्ट किसानका रूपमा राष्ट्रपतिबाट पाण्डे पुरस्कृत भएका थिए ।

व्यावसायिक खेती गर्न सरकारबाट प्रोत्साहन पाएसँगै अहिले पनि पाण्डेले एउटै आँपका बोटमा विभिन्न प्रजातिका बिरुवा जोडेर फलाउन सुरु गरेका छन् । सामान्य लेखपढ गर्न मात्रै जान्ने पाण्डेलाई झापामा ‘नपढेका वैज्ञानिक’ भनेर बोलाउने गरेका छन् । उनको नर्सरीमा अहिले अङ्गुर, रेड बनाना, सपाटो, नास्पातीलगायत फलफूल पाउन सकिन्छ ।

विभिन्न शीर्षकमा प्रदेश सरकारले जिल्लाका किसानलाई अनुदान वितरण गरेसँगै युवा कृषिकर्ममा आकर्षित भएपछि व्यवसाय वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । अनुदान उपलब्ध गराएपछि कृषि उत्पादनमा वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुँदै गएका केन्द्रका प्रमुख विष्टले बताए । नयाँ र आधुनिक प्रविधिसँग कृषक जोड्न थालेपछि उत्पादकत्वमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

झापाका सबैले अनुदान नपाए पनि वार्षिक रूपमा ६ देखि ७ हजार किसान प्रत्यक्ष लाभान्वित हुने गरेका प्रमुख विष्टको भनाइ छ । अनुदान नपाउने किसानलाई पनि वर्षभरि सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागी गराइँदै आइएको उनले बताए ।

पहुँच नभएका किसानले अहिले पनि सरकारले उपलब्ध गराउने अनुदानका कार्यक्रममा सहभागी हुन नपाएको गुनासो गरेका छन् । वास्तविक किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड छ ।

Tags: #झापा#राससवृद्धि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.