Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी : यी हुन् अध्यावधिक विवरण नबुझाउने ११ सहकारी, कारबाही गर्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८१
in समाचार
0
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा
163
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा क्रियाशील ११ सहकारी संस्थालाई इटहरी उपमहानगरले कारबाही गर्ने भएको छ ।

संस्थाको अध्यावधिक विवरणहरू नबुझाउने तथा नियमसंगत रूपमा नचलेका सहकारीहरूलाई कारबाही गर्ने भएको हो ।

गत जेष्ठ २ गते इटहरीका २१ सहकारी संस्थाहरूलाई उपमहानगरको परिधिभित्र सञ्चालन गरी संस्थाको सम्पूर्ण कागजपत्रहरू बुझाउनका लागि १५ दिने अल्टिमेटम दिएको थियो ।

तर, उपमहानगरले दिएको अल्टिमेटममा समेत अटेर गर्ने ११ ओटा सहकारीहरूलाई खारेजीसम्मको कारबाही गर्न लागेको उपमहानगरका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।

यसरी अटेर गर्ने सहकारीहरुमा इटहरी–३ मा रहेको सरस्वती कृषि सहकारी संस्था लिमिटेड, इटहरी १५ मा रहेको पार्वती कृषि सहकारी संस्था लिमिटेड ,इटहरी–२० मा रहेको महक महिला कृषि सहकारी संस्था लिमिटेड, इटहरी–२० मा रहेको किसान हित बङ्गुरपालन सहकारी संस्था लिमिटेड ,इटहरी–२० मा रहेको सहकारी संस्था लिमिटेड, इटहरी–५ मा रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

यसैगरी इटहरी–२० मा रहेको छिन्ताङदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–३ मा रहेको दियो बचत तथा ऋण सहकारी संस्था लिमिटेड , इटहरी–३ मा रहेको मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी– ६ मा रहेको स्वाधीन सूचना सञ्चार सहकारी संस्था लिमिटेड, इटहरी–१२ मा रहेको गीताञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

गत जेष्ठ २ गते नगर सहकारी ऐन र नगर सहकारी नियमावली अनुसार सहकारी संस्थाहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र नियमानुसार साधारणसभा सम्पन्न गरेर साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाको प्रतिवेदन नियामक निकायमा बुझाउनुपर्ने, कानुनी व्यवस्था रहेको ब्यहोरा पटक पटक स्मरण गराउँदा पनि अटेर गर्ने २१ सहकारीहरूको नामावली सार्वजनिक गरिएको थियो ।

२१ वटा सहकारी मध्ये १० वटा मात्र सम्पर्कमा आएको नगर सहकारी शाखा प्रमुख पोखरेलले बताए ।

सम्पर्कमा नआउने बाँकी ११ वटा सहकारीहरूलाई सहकारी ऐन र सहकारी नियमावली बमोजिम नगर सहकारी समितिको बैठक बसेर कारबाही गरिने उनले जनाए ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#सहकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
FEATURE BREAKING

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अर्जुन उप्रेती
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाचार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८३
0

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–२...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    300 shares
    Share 120 Tweet 75

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.