धरान : धरान उपमहानगरपालिका १७ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
स्थानीय ३७ वर्षीय भूपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अवैध लागूऔषध ब्राउनसुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा चेकजाँच गर्दा ट्रामाडोल १२ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post