मोरङ : कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थितमा चेकजाँचको क्रममा मोरङको लेटाङ नगरपालिका ९ का २२ वर्षीय प्रबिन विष्टको साथबाट ब्राउनसुगर ९ ग्राम ३१ मिलिग्रामसहित पक्राउ गरेको हो ।
ब्राउनसुगरसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post