विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ, विराटनगर विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीले रूखमा झुन्ड्याएका छन् ।
पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी रूखमा झुन्ड्याइएको हो । सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारसमेत हुन् ।
विद्यार्थीले मङ्गलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रूखमा झुन्ड्याएको घटना प्राज्ञिक मर्यादाविपरीत भएको क्याम्पस प्रमुख डा. रामवतार शरणले बताए ।
आइतबार मात्रै विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए ।














Discussion about this post