मोरङ : मोरङको जहदा गाउँपालिका १ झैलाचोकमा करेन्ट लागेर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन्।
करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार (आज) दिउँसो २ बजेतिर मृत्यु भएको हो।
करेन्ट लागेर रेवतीदेवीकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन्। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।
मोटर चलाएर कपडा धुने क्रममा दिउँसो विद्युत् सर्ट भई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post