संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् ।
पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको हो ।
खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन् ।
खाँदबारी ४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।














Discussion about this post