झापा : झापामा एक महिलाले दुई नाबालक छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन् ।
जिल्लाको शिवसताक्षी नगरपालिका ३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले पुष्टि गरे ।
घरभित्रै बेडमा उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र २ वर्षका आयुष बेस्रा पनि मृत फेला परेका थिए । मृतक अन्जलीका पती रोजगारीका लागि कतारमा छन् ।
मृतक महिला सलले पासो लागेर घरभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । दुई छोरालाई विष सेवन गराएको र त्यसपछि आफू झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post