रामधुनी : सुनसरीको रामधुनी ५ का भूमिराज दाहाल एक महिनादेखि बेपत्ता भएका छन् ।
३२ वर्षीय दाहाल गत जेठ १ गते घरबाट विदेश जान्छु भनी हिँडेको तर, काठमाडौँ पुगेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
घरबाट वैदेशिक रोजगारीको सिलसिलामा दुबई जान भनी घरबाट हिँडेको र काठमाडौ पुगेको दुई दिनपछि सम्पर्कबिहीन भएकाले खोजीको अपिल गरिएको पारिवारिक स्रोतको भनाइ छ ।
विदेश पनि नगएको र सम्पर्कमा नआएकाले आफूहरूले खोजी गरिरहेपनि नभेटिएको परिवारको भनाइ छ ।
लाम्चो अनुहार भएको र रातो वर्णका उनी कतै भेटिए ९८०४०७२११८, ९८४२०६५८८४ वा ९७६५४७६८९७ सम्पर्क गरिदिन आग्रह गरिएको छ ।














Discussion about this post