Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८१
in विविध, समाचार
0
प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
83
SHARES
Share on FacebookShare on Twitter

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले मानवीय क्षति न्यून गर्न समाजका सबै वर्गको सहयोग र योगदान आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई साधन स्रोतले सम्पन्न गराउने र जनशक्ति वृद्धि गर्ने जानकारी दिँदै चालक, सहचालक र नागरिक समाज, विद्यालय, शिक्षकलगायत सबैका लागि सचेतना कार्यक्रम गरी सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले मोरङ, सुनसरी र झापामा अध्यधिक सडक दुर्घटना हुने १०–१५ किलोमिटर क्षेत्रलाई नमुना ट्राफिक केन्द्रका रुपमा निर्धारण गरी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना, ट्राफिक नियम पालना गर्दाका राम्रा पक्षलगायत विषयमा जानकारीमूलक अभियान सञ्चालन गरेमा अन्यले अनुशरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले सडक अनुशासन र नियम पालना गरी दुर्घटना न्यूनीकरण गर्नुपर्ने आवश्कता औल्याउँदै  ट्राफिकलाई आधुनिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुबेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोशीका संयोजक सरोज श्रेष्ठले जनधनको सुरक्षाका लागि ट्राफिक नियम सबैले पालना गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक प्रहरीलाई राडार गर्न तथा ट्राफिक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न सङ्घ संस्था एवं व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।

यसअघि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत विराटनगरको रोडशेष चोकबाट निस्केको आन्तरिक मामिला तथा कानुनमन्त्री, विभिन्न निकायका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थीसहितको प्रभातफेरीले नगरको मुख्यमुख्य भागको परिक्रमा गरेको थियो ।

Tags: #ट्राफिक#राससकोसी प्रदेशट्राफिक प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको दिन के कस्तो रहला ? आजको राशिफल

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    287 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.