Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

पर्यटकको रोजाइमा वेतना सिमसार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०८१
in भिजिट नेपाल, विविध, समाचार
0
पर्यटकको रोजाइमा वेतना सिमसार
84
SHARES
Share on FacebookShare on Twitter

बेलबारी (मोरङ) : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्क्षीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेका छन् ।

दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो ।

यहाँ विशेष गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् ।

सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिनुभयो ।

“यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्फ तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फूलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनारका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् ।

वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार प्रवेशबापत ३० को टिकट निर्धारण गरिएको छ ।

Tags: #मोरङ#राससपर्यटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1400 shares
    Share 560 Tweet 350
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    638 shares
    Share 255 Tweet 160
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.