Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खानेपानी सुविधाले ल्याएको खुसी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ९, २०८१
in समाचार
0
खानेपानी सुविधाले ल्याएको खुसी
67
SHARES
Share on FacebookShare on Twitter

फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपर्थ्याे ।

उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत् खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताउनुभयो ।

फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका सुमन दियाली वर्षायाममा बाढी आउँदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो विगत सम्झन चाहनुहुन्न । अहिले घरघरमा स्वच्छ खानेपानीको पहुँ पु र्‍याइदिएको प्रदेश सरकारप्रति उहाँ आभारी हुनुहुन्छ । खानेपानी आयोजनाले स्थानीयको दैनिकीमा नै सहज बनाइदिएको छ । “खानेपानी आयोजना सञ्चालन भएपछि सबैभन्दा बढी गृहिणी महिलालाई राहत मिलेको छ,” उहाँले सुनाउनुभयो ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा इलाममा मात्र खानेपानीमा रु. ११ करोड ८० लाख ४० हजार लगानी गरेको छ । प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापामार्फत इलाममा एक सय ३० वटा सानाठूला खानेपानी आयोजना सञ्चालन भइरहेको डिभिजन प्रमुख विकास काफ्लेले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार ५७ वटा नयाँ योजना सुरु भएका छन् ने ७५ वटा पुराना योजनालाई मर्मतसम्भार तथा पुनःनिर्माण गरिएकाे छ । यस वर्ष प्रदेश सरकारले रु. चार करोड ७० लाखको लागतमा ५७ वटा नयाँ योजना अघि बढाएको छभने रु. सात करोड १० लाख ४० हजारको लागतमा ७५ वटा पुराना योजना मर्मतसम्भार तथा पुनःनिर्माण गरिरहेको छ ।

डिभिजन प्रमुख काफ्लेका अनुसार प्रदेश सरकारको लगानीमा चालु रहेका आयोजना सम्पन्न भएपछि इलामको २१ हजार एक सय ७५ परिवारका एक लाख पाँच हजार आठ सय ५५ जना जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्नेछ ।

यसमध्ये नयाँ योजनाबाट छ हजार २८ घरधुरीका ३० हजार एक सय ४० जना र पुराना योजनाबाट १५ हजार एक सय ४७ घरधुरीका ७५ हजार सात सय १५ जना इलामवासी जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्ने डिभिजन कार्यालयले जनाएको छ । जिल्लाका शत्प्रतिशत जनतामा खानेपानी पु र्‍याउने गरी काम भइरहेको बताइएको छ ।

प्रदेश सरकारले एकै वर्षमा खानेपानी आयोजनामा करोडौँको लगानी गरेपछि इलामवासी हर्षित भएका छन् ।

प्रदेश सरकारले खानेपानी आयोजनाको क्षेत्रमा गरेको लगानीले वास्तविक सङ्घीयताको आभास दिलाएको माङसेबुङ गाउँपालिका–२ इभाङका सामाजिक अभियन्ता डम्बर लोरिन्देनको बुझाइ छ । “खानेपानी क्षेत्रमा प्रदेश सरकारको लगानी हेर्दा विगतमा बिसौँ वर्षसम्म खानेपानी नपाएका क्षेत्रका नागरिकसम्म प्रदेश सरकार पुग्न सफल भएको देखिन्छ”, लोरिन्देनले भन्नुभयो ।

माङसेबुङ गाउँपालिका–२ इभाङका सुमन खनाल प्रदेश सरकारले पछिल्लो समयमा खानेपानीको क्षेत्रमा गरेको लगानीले जिल्लावासी नागरिकलाई आशावादी बनाएको बताउनुहुन्छ । “पछिल्लो समय प्रादेशिक संरचनामाथि नै केहिले प्रश्न उठाउन थालेको समयमा प्रदेश सरकारको यो लगानी विश्लेषण गर्दा प्रशंसनीय छ,” खनालले भन्नुभयो ।

प्रदेश सरकारले पाँच लाखदेखि रु. ३३ लाख ८० हजारसम्मका खानेपानी योजना सञ्चालन गरेको छ ।

तीमध्ये ६४ वटा योजना पाँच लाखका र ६६ वटा योजना पाँच लाखदेखि रु. ३३ लाख ८० हजारसम्मको लगानीका छन् । प्रदेश सरकारले रोङ गाउँपालिका–२ बदामटारस्थित बदमटार खानेपानी योजनाबाट (सलकपुर खानेपानी योजना) दुई सय घरका एक हजारजना प्रत्यक्ष लाभान्वित हुँदैछन् ।

चुलाचुली गाउँपालिकास्थित शिखरकटेरी खानेपानी योजना, माई नगरपालिका–५ स्थित बगैँचे डङडङे खानेपानी योजना र इलाम नगरपालिकास्थित माईखोला खानेपानी तथा सरसफाइ योजनालाई पनि अगाडि बढाएको छ ।

प्रदेश सरकारले इलाममा रु. २० लाखका नौ योजना सञ्चालन गरेको छ ।

जिल्लाको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित फिक्कल कन्याम खानेपानी आयोजना र खानीखोला सिम्ले सहकाले टोल खानेपानी आयोजना, माङसेबुङ गाउँपालिकास्थित खलङ्गे खानेपानी निर्माण उत्तरे माल्टेनी मुहान र भुतेखोला खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित अम्बके बहुवन खानेपानी आयोजना, इलाम नगरपालिकास्थित अँधेरी नारायणचोक छौडे सतुवाबेँसी खानेपानी योजना, माई नगरपालिकास्थित पाल्टार खानेपानी (भूमिगत) आयोजना र राँगापानी खानेपानी आयोजनालाई रु. २०/२० लाख लगानी गरेको छ ।

त्यसैगरी माङसेबङ गाउँपालिकास्थित चित्रेखोला लिफ्टिङ खानेपानी निर्माणमा रु. १७ लाख ५० हजार र रोङ गाउँपालिकास्थित सिद्धि सलकपुर खानेपानी आयोजनामा रु. १७ लाख विनियोजन भई काम भइरहरेका छन् ।

माईजोगमाई गाउँपालिकास्थित नयाँबजार बृहत् खानेपानी आयोजना, रातेखोला खानेपानी आयोजना र गङ्गडाँडा खानेपानी आयोजना, माई नगरपालिकास्थित रातमाटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित राई टोल र सिरानतला दुईवटा क्षेत्रमा खानेपानी आयोजना, माई नगरपालिकास्थित आरुपानी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित टुनीगौरी डाँडागाउँ खानेपानी आयोजना र सन्दकपुर गाउँपालिकास्थित भैरमबारी खानेपानी आयोजनाको पनि काम भइरहेको छ ।

त्यस्तै, रोङ गाउँपालिकास्थित टिमाई खोला छावा खोल्सी खानेपानी आयोजना, इलाम नगरपालिकास्थित माईखोला खानेपानी आयोजना, बरबोटे खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित सार्कीटार सुपारीबोटे र सिम्बले तीनवटै क्षेत्रमा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

भुतेखोला खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित कमेरे जरिङ्गे खाम्बाङ तल्लोबोहोरे गाउँ खानेपानी आयोजना, बुलुङखोला धावा खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित खावान खोला बृहत् खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित सिद्धिगाउँ तथा श्रीअन्तु खानेपानी आयोजना र जोगीधारा खानेपानी आयोजना, माई नगरपालिकास्थित आङ्बु बर्दुवा खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित सुलसुले खानेपानी आयोजनाको लागि पनि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, इलाम नगरपालिकास्थित सुन्दरबेँसी र लेबक खानेपानी आयोजना र खर्बन खानेपानी आयोजना निर्माण भइरहेको छ ।

नगरपालिकास्थित बरबोटे खानेपानी योजना, देवीथान मुहान भञ्ज्याङ न्युरेनी खानेपानी आयोजना, सुम्बेक चोक खानेपानी आयोजना, मलातेनी (सुलुबुङ सन्दकपुर) खानेपानी आयोजना र माईखोला नर्कटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित तोरीबारी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित भित्री लिफ्टिङ खानेपानी आयोजना र छिपछिपे खानेपानी आयोजना, फाकफोकथुम गाउँपालिकास्थित खत्रीगाउँ खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित पधेँरी खानेपानी आयोजना र माई नगरपालिकास्थित कालीखोला खानेपानी आयोजना अघि बढाइएको छ ।

इलाम नगरपालिकास्थित तल्लो गोदक खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर खानेपानी आयोजना र देउमाई नगरपालिकास्थित मगरगाउँ खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित साकफारा खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित तुम्लिङ गुराँसे खानापानी आयोजना एवं माङसेबुङ गाउँपालिकास्थित माङसेबुङ खानेपानी आयोजना, सङलुमङ्गलु साँगुरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित तारगाउँ बोरिङ खानेपानी आयोजना, देउमाई नगरपालिकास्थित माथिल्लो डाँडा चाँपगैरी अजम्बरे चुली सिद्धिथुम्का खानेपानी आयोजना र रोङ गाउँपालिकास्थित गोरेनी खोल्सा खानेपानी आयोजना मर्मतसम्भार तथा पुनःनिर्माणको पनि काम भइरहेको छ ।

त्यसैगरी, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर बजार रुङसुङ्ग बृहत् खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित सिस्ने बाघखोर कोल्बुङ खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा खानेपानी आयोजनामा रु सात/सात लाख, सूर्योदय नगरपालिकास्थित पाख्रिनगाउँ खानेपानी आयोजना, धर्जे मकरजुङ खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित गोयाङखोला–भुत्तेखोला–एकराते खानेपानी आयोजना र माईजोगमाई गाउँपालिकास्थित प्रेमेजोङ बृहत् खानेपानी आयोजनाको मर्मतसम्भार भइरहेको छ ।

प्रदेश सरकारले इलामका विभिन्न पालिकामा ६४ वटा खानेपानी आयोजनामा रु. पाँच लाखका दरले रकम विनियोजन गरी नयाँ निर्माण तथा मर्मतसम्भारको काम तीव्र बनाएको डिभिजन कार्यालयले जनाएको छ ।

तीमध्ये ३७ वटा खानेपानी आयोजनाहरु नयाँ निर्माण र २७ वटा पुराना खानेपानी आयोजनाको मर्मतसम्भार भएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये कतिपयको सम्पन्न भइसकेका छन्भने कतिपय अन्तिम चरणमा पुगेको डिभिजन कार्यालय प्रमुख काफ्लेले बताउनुभयो ।

Tags: #राससइलामखानेपानी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो
FEATURE BREAKING

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

by रासस
अशोज १६, २०८३
0

सुनसरी : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा...

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

अशोज १६, २०८३
विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.