झापा : झापामा चट्याङले लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ । झापाका फरक–फरक स्थानमा चट्याङले हानेर तीन जनाको मृत्यु भएको हो ।
झापाको झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बीउ उखेल्ने क्रममा चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मंगलबार बिहान नै कमल गाउँपालिका २ समइगढमा खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तीनवटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post