Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १४, २०८१
in समाचार
0
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
67
SHARES
Share on FacebookShare on Twitter

झापा : कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ ।

“राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”, उहाँले त्यसबेलाको घटना सम्झिँदै भन्नुभयो, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उहाँले सुनाउनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ ।

इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ ।

बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो ।

मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिनुभयो ।

साइरन जडान भएको स्थानमा कनकाई नगरपालिकाको वडा नं ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन् ।

खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ ।

इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो ।

साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसङ्ख्या र इलामको चार सय घरका दुई हजार जनसङ्ख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् ।

बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि एक सय ५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ ।

झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ ।

“जलसतहको विश्लेषण गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ”, साइरनबारे जानकारी दिँदै रेडक्रसकर्मी खड्काले भन्नुभयो, “पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।” उहाँले करिब ३० मिनेटमा तीनपटक साइरन बजिसक्दा बस्ती छाड्नुपर्ने बताउनुभयो ।

शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताउनुभयो । उहाँले साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेका बताउनुभयो । उहाँले विगतमा बाढी पसेको स्मरण गर्दै भन्नुभयो, “साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ । ।”

रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिनुभयो ।

एक महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको सम्पर्क व्यक्ति खड्काले बताउनुभयो । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Tags: #झापा#राससबाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
विविध

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

by रासस
कार्तिक ११, २०८३
0

भद्रपुर (झापा) : झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५...

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३
कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    298 shares
    Share 119 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.