Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १५, २०८१
in विविध, समाचार
0
धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै
102
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।

मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आउनुभएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ ।

“केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु”, उहाँले भन्नुभयो, “साना खसी रहेकाले जोडीको १५ हजारमा बिक्री गरिरहेको छु ।” उहाँका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् ।

धनकुटा सागुडीगडी-७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाउनुभयो । खसी, बोका बिक्रीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताउनुभयो ।

“घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ”, उहाँले भन्नुभयो ।

मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउनुहुन्छ । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उहाँले जानकारी दिनुभयो । “यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाउनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक ७० हजारसम्म नाफा हुने गरेको छ ।

बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असारको १० गतेसम्ममा दुई अर्बको कारोबार भएको छ ।

व्यवस्थापक अध्यक्ष भट्टराईले भन्नुभयो, “पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।”

धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उहाँको भनाइ छ । यहाँबाट मुलुकको ठुला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो ।  

Tags: #कृषि#धरान#राससव्यापार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    282 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.