पाँचथर : पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक कुटपिटमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षीय दिनेश राई रहेका छन् ।
गएराति स्थानीय धनकुमार राईको घरमा चिन्ता राख्ने कार्यक्रम हेर्न आएका दिनेशसहित ४ जनालाई २० जनाको समूहले कुटपिट गरेको थियो ।
कुटपिटका कारण सख्त घाइते भएका राइलाई तत्काल उपचारार्थ पाँचथर अस्पताल ल्याइएको थियो ।
उनलाई आज (शुक्रबार) बिहान साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनालाल साहले पुष्टि गरे ।
बिहीबार साँझ साढे ९ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विकलाई त्यहाँ आएका २० जनाको अज्ञात समूहले कुटपिट गरेको थियो ।















Discussion about this post