इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ६ स्थित भित्री सडकखण्डबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्रदेश नम्बर १–०२–०५३ प ९०१६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका १ शान्ति टोलका २९ वर्षीय नरेश सरदार रहेका छन् ।
उनले शरीरमा लुकाईछिपाई ल्याउँदै गरेको ३ ग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सरदारको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post