इटहरी : सुनसरी र झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ८ का ३३ वर्षीय आशनारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउनसुगर बरामद भएसँगै मारापाचे र संलग्न रहेका २८ वर्षीय तारा राईलाई समेतलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरी टोलीले धरान १५ का ३५ वर्षीय नरबहादुर तामाङलाई नियन्त्रित औषधी ट्रामाडोल ७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेटसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post