धरान : धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले धरान १९ का १७ वर्षीया एक किशोरीको कोठामा लुकाएर राखेको ड्रमाडोल १४ हजार नौ सय एक क्याप्सुल, स्पाज्मोल सात हजार ४९६ ट्याप्लेट र कोलीबान एक हजार १५५ ट्याप्लेटसहितको अवैध लागूऔषध तथा नियन्त्रित औषधी प्रहरीले बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी चेकजाँच गर्दा अवैध लागूऔषधसहित नगद ७६ हजार रुपियाँ फेला पारी कानुन बमोजिम बरामद गरिएको हो ।
कोठाबाट एक जना १७ वर्षीया किशोरी, धरान उपमहानगरपालिका ४ का २६ वर्षीय मदन राई, सोही ठाउँका १९ वर्षीय सचिन राई, धनकुटा नगरपालिका वडा नम्बर ३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतीय नागरिक अररिया ईन्द्रनगर वाड नम्बर ९ जोगवनीका २८ वर्षीय रविकुमार सिंहलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।।



















Discussion about this post