इटहरी : मोरङ र झापाका विभिन्न स्थानबाट सोमबार प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये मोरङ सुन्दरहरैँचा नगरपालिका ४ का २१ वर्षीय मनिष चौधरी, २५ वर्षीय अशोक ऋषिदेव, ३१ वर्षीय नवीन कार्की र ३२ वर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउनसुगरसहित विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउनसुगर २७० मिलिग्रामसहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post