इटहरी : लागूऔषधसहित इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट लागूऔषधसहित इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १० खनारका ३० वर्षीय सुरेन्द्रकुमार विश्वास रहेका छन् ।
आज (सोमबार) दिउँसो २ बजे लागूऔषध व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राज्म्प ट्याब्लेट लेखिएको ५० चक्कीसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका विश्वासको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post