Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

इटहरीमा मुटु रोग विशेषज्ञ डा. माधव विष्टको सेवा, यी कारण हुन सक्छ मुटु समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८१
in अन्तर्वार्ता, विविध, समाचार
0
इटहरीमा मुटु रोग विशेषज्ञ डा. माधव विष्टको सेवा, यी कारण हुन सक्छ मुटु समस्या
137
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मुटु रोग विशेषज्ञ डा. माधव विष्टको सेवा इटहरीमा उपलब्ध छ । इटहरीको पश्चिम लाइनमा रहेको मुटु तथा प्रेसर क्लिनिकमा डा. विष्टको सेवा उपलब्ध हुँदै आएको हो ।

विराट मेडिकल कलेजमा मुटु रोगको सेवा उपलब्ध गराउँदै आएका विष्टले इटहरीमासमेत हरेक दिन साँझ ५ बजेपछि सेवा दिदैँ आएका हुन् । इटहरीमा ओपीडी सम्बन्धी सबै सेवा उलपब्ध हुने डा. विष्टले बताए ।

मुटु सम्बन्धी इसीजी, इको, ब्लड जाँचलगायत सबै सुविधा उपलब्ध हुने उनले बताए । डा. विष्टलाई हरेक दिन ५ बजेदेखि ७ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा लिन सकिन्छ ।

खासगरी पछिल्लो समय मुटुका बिरामीहरू बढ्दो रहेकाले बेलैमा जाँच गराउनु उपयुक्त हुने डा. विष्टले बताए । सुगर, प्रेसर, हृदयघात सम्बन्धी समस्या, थाइराइड, किड्नीको रोगी र कोलेस्ट्रोल बढेकाहरूमासमेत मुटु रोग सम्बन्धी समस्या रहने उनले बताए ।

‘भाइरल इन्फेक्सन भयो भने मुटुमा असर पर्छ । मुटुले गर्दा हो कि के कारण समस्या भएको हो भन्ने थाहा पाउन पनि बेलाबेलामा मुटु सम्बन्धी जाँच गराउनुपर्छ,’ उनले भने, ‘छाती दुख्यो भने मानिसहरू मुटु सम्बन्धी विशेषज्ञलाई देखाउँदैनन् । छातीको दुखाइलाई सामान्य रूपमा लिनुहुँदैन ।’

उनले व्यायाम नगर्दासमेत मुटु सम्बन्धी समस्या हुने जनाए । मुटुको समस्या हुँदा छातीको देब्रेतिर, दाहिनेतिर, दाँतसम्म र कानको जरासम्म दुख्ने उनको भनाइ छ । ‘श्वास फेर्न गाह्रो भयो भने मुटु फेल भएको लक्षण हो । धेरै ढुकढुक भयो भने, खुट्टा सुन्नियो भने पनि मुटुको कारण हुन सक्छ,’ डा. विष्टले भने ।

उनका अनुसार मुटु सम्बन्धी समस्या हुँदा राति सुत्न गाह्रो हुने, श्वास फेन गाह्रो हुने, प्रेसरको समस्या हुने, सुगरको मात्रा बढ्ने, कालेष्ट्रोल बढ्नेजस्ता लक्षण देखिन्छन् ।

‘आम मानिसले दबाइ खाँदा जिन्दगीभर खानुपर्छ भन्ने सोच राख्छन् । दबाइ खाएन भने जिन्दगी बाँच्दैन भन्ने चैँ थाहै हुँदैन,’ उनले भने, ‘कतिपय मानिसहरू आँखा नदेखेर जचाउँन जान्छन्, तर त्यो पनि प्रेसरको कारण हुन सक्छ । मुटुको जाँच कम्तीमा एक वर्षमा एकपटक गर्नुपर्छ ।’

उनले इटहरीमा आफूलाई जाँच गराउनसहित परामर्शसमेत लिन सकिने बताए । इटहरीसहित अन्य क्षेत्रका बिरामीलाई सहज होस् भन्ने उदेश्यले आफूले साँझको समयमा इटहरीमा सेवा उपलब्ध गराउँदै आएको उनले जनाए ।

Tags: #स्वास्थ्यमाधव विष्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.