Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : ऐतिहासिक सम्पदाको संरक्षण गर्दै हतुवागढी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८१
in विविध, समाचार
0
भोजपुर : ऐतिहासिक सम्पदाको संरक्षण गर्दै हतुवागढी
92
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ।

ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि स्थानीय उत्साहित बनेका छन्। पालिकाले थालेको यो कामले इतिहास र यहाँका संस्कृति, परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न टेवा पुग्ने स्थानीय सञ्जय कुलुङले बताए। इतिहाससँगै भाषा, संस्कार संस्कृतिलाई बचाई राख्न सहयोग पुग्ने उनको भनाइ छ।

‘ऐतिहासिक सम्पदा तथा संस्कार, संस्कृतिको संरक्षणमा पालिकाले गरिरहेको काम उदाहरणीय छ’, कुलुङले भने, ‘हाम्रा ऐतिहासिक सम्पदाको संरक्षण गरिएन भने भावी पुस्तासम्म पुग्न सक्दैनन्। कतिपय पुराना रीतिरिवाज, धर्म, संस्कार, संस्कृति रहनसहन लोप हुने अवस्थामा छन्। विभिन्न जातजाति, भाषाभाषीसँग जोडिएका सम्पदाको संरक्षणमा पालिकाले थालेको प्रयासमा हाम्रो साथ छ।’

पालिकाका साथै देशविदेशमा रहेकाको सहयोगमा थुलुङ समुदायको संस्कृतिसँग जोडिएको ‘सोरिनेम तोसिखोम’ ९पितृ घर० निर्माणले उत्साह थपिएको कुलुङले बताए। परम्परागत रुपमा रहँदै आएका यस्ता संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

यहाँका ऐतिहासिक सम्पदासँगै संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गरिरहेको उनले जानकारी दिए। यहाँका ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।

‘हतुवागढी गाउँपालिकामा धेरै ऐतिहासिक सम्पदाहरू छन्’, अध्यक्ष राईले भने, ‘यी सम्पदाहरूको संरक्षण, प्रवर्द्धन गरी पूर्वाधार विकासमा जोड दिएका छौँ। यी क्षेत्रको विकाससँगै पर्यटनसँग जोड्ने सोचका साथ काम गरिरहेका छौँ।’ विभिन्न देवस्थल तथा ऐतिहासिक संरचनाको संरक्षण, पुराना रितिरिवाजको खोजी, विभिन्न जातजातिको देवाली थान, समाधिस्थल निर्माणलगायत काम भइरहेको उनले जानकारी दिए।

विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरेर संरक्षण तथा विकासको काम गर्दै आइएको गाउँपालिकाले जनाएको छ। संरक्षणको अभावमा धेरै भाषा, संस्कार संस्कृतिहरू लोप हुँदै गएको अवस्थालाई ध्यानमा राखेर संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। उनका अनुसार ऐतिहासिक सम्पदा तथा जातजातीको धर्म संस्कार, संस्कृतिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ।

‘हामीले ऐतिहासिक सम्पदाको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने,‘ यहाँका ऐतिहासिक क्षेत्रहरूको पहिचान गरेर संरक्षण, प्रवर्द्धन गर्नै आएका छौँ। यसलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीयको आयस्तर वृद्धि हुनाका साथै रोजगारीका अवसर पनि सिर्जना हुने अपेक्षा लिएका छौँ।’

Tags: #भोजपुर#रासससंरक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 
कला साहित्य

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०८३
0

इटहरी : इटहरी निवासी पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विमोचन गरिएको छ । नेपाली लेखक संघ,...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

सरकारविरूद्ध सांसद हर्क साम्पाङको आक्रोश – “जनताको बास उठाउनेले आर्थिक नीति के ल्याउँछ ?”

बैशाख १२, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा एक युवक मृत भेटिए 

बैशाख १२, २०८३
विराटनगरका मसाज सेन्टरमा प्रहरीको छापा, ठूलो संख्यामा युवती र ग्राहक नियन्त्रणमा

विराटनगरका मसाज सेन्टरमा प्रहरीको छापा, ठूलो संख्यामा युवती र ग्राहक नियन्त्रणमा

बैशाख १२, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

बैशाख १२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

सरकारविरूद्ध सांसद हर्क साम्पाङको आक्रोश – “जनताको बास उठाउनेले आर्थिक नीति के ल्याउँछ ?”

बैशाख १२, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा एक युवक मृत भेटिए 

बैशाख १२, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1411 shares
    Share 564 Tweet 353
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    639 shares
    Share 256 Tweet 160
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.