इटहरी : विराटनगर १५ स्थितबाट ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरीका ३१ वर्षीय नवीन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाल रहेका छन् । उनीहरूको साथबाट ३ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post