Saturday, October 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

खानेपानी महसुलको विषयलाई लिएर ‘अराजक’ बन्यो धरान, केही विद्यार्थीसहित प्रहरीहरू घाइते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८१
in टाकुरा विशेष, समाचार
0
खानेपानी महसुलको विषयलाई लिएर ‘अराजक’ बन्यो धरान, केही विद्यार्थीसहित प्रहरीहरू घाइते
131
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध स्थानीयबासीहरू अराजक बनेका छन् ।

बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयबासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडकोसमेत प्रयास गरेका थिए ।

धरान खोनपानी व्यवस्थापन बोर्डले खानेपानीमा नौ हजार नौ सय प्रतिशतसम्म महसुल वृद्धि गरिएको भन्दै स्थानीयबासीहरू साउन ११ यता आन्दोलनरत छन् । आफूहरूको माग सम्बोधन नभएको भन्दै मेयर साम्पाङविरुद्ध धराने जनता बिहीबार अराजक बनेका हुन् ।

आक्रोशित स्थानीय उपभोक्ताहरूले अश्लील गाली गर्दै जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ भन्दै ‘तँछाडमछाड’समेत गरेका थिए । जसले प्रतीकात्मक र रचनात्मक आन्दोलन भन्दापनि ‘अराजकता’तर्फ धरान उन्मुख भएको नकारात्मक सन्देश प्रवाह भएको छ ।

कांग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार बिहीबार उपमहानगरपालिकामा धर्ना दिने कार्यक्रम थियो । तर, आक्रोशित भीडमा सामान्य झडपसमेत भएको उनले बताए । ‘मेयर हर्क साम्पाङको बेवास्ताका कारण आज झडपसम्मको स्थिति आयो,’ उनले भने, ‘हामीले खानेपानीको महसुल पुरानै हुनुपर्छ भनेर माग राखेका हौँ । धरानले थेग्नै नसक्नेगरी महसुल वृद्धि हुन अस्वभाविक हो ।’

उनकाअनुसार बिहीबार बिहानैदेखि आन्दोलन गरी साँझमा भने स्थगित गरिएको छ । मेयर साम्पाङले आइतबार वार्ताका लागि बोलाएपछि तत्काललाई आन्दोलनस्थगित गरिएको उनले बताए ।

‘हामी बटुवा होइनौँ, राजनीतिक दल हौँ । त्यसलै लिखित पत्र काटेर वार्तामा बोलाउनुपर्छ,’ उनले भने, ‘फेसबुकमार्फत र मौखिक रूपमा वार्तामा बोलाएर हुँदैन । किनकि, हामीले पनि लिखित नै पत्र काटेर महसुल घटाउन माग गरेका छौँ ।’

उनले आक्रोशित भीडलाई संयम बनाउन आफूहरूले भूमिका खेलेपनि आक्रोशित धराने जनता र स्थानीय विद्यार्थीहरूले उपमहानगरपालिकाको गेट नै तोडफोडकोसमेत प्रयास गरेका थिए ।

‘हामी शुक्रबार र शनिबार पनि आन्दोलन र सभा गर्छौँ । आइतबार पनि उपमहानगर गेट बाहिर आन्दोलन र भित्र वार्ता हुन्छ,’ पोखरेलले भने, ‘वार्ता मिलेन भने आन्दोलन जारी हुन्छ, वार्ता मिल्यो भने आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन्छौँ ।’

उनका अनुसार खानेपानी महसुल वृद्धिको विरुद्धमा धरानका सबै जनप्रतिनिधिहरू आन्दोलनरत छन् ।

‘दलबाटै निर्वाचित जनप्रतिनिधिहरू भएका कारण र दलकै आन्दोलन भएका कारण जनप्रतिनिधिहरू सहभागी हुनु स्वभाविक कुरा हो,’ उनले भने ।

बिहीबार गेट तोडफोडको प्रयास गर्दा केही विद्यार्थी र प्रहरीहरू घाइतेसमेत भएका छन् । गेट तोडफोड गर्ने विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जपछि भने घटनाले थप उग्ररूप लिएको थियो ।

घटनाले उग्ररूप लिएपनि कुनै अमानवीय घटना हुन नपाएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । ‘भीडले धकेलेर उपमहानगरभित्र पस्न खोजेपछि सामान्य धकेलाधकेल भयो,’ उनले टाकुरा न्यूजसँग भने, ‘घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।’

उनका अनुसार घटनामा दुईजना विद्यार्थी र एकजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको हात च्यापिएका कारण हातको औँलामा पाँच टाँका लगाइएको एसपी रेग्मीले बताए ।

‘भोलि पनि आन्दोलन गर्ने जानकारी आएको छ । हामीले शान्तिपूर्ण र रचनात्मक आन्दोलन गर्न आग्रह गरेका छौँ,’ उनले थपे, ‘आन्दोलनमा कुनै क्षति हुन नदिनका लागि सुरक्षाकर्मीलाई तैनाथ राखिएको छ । सकेसम्म वार्तामार्फत आन्दोलन स्थगित गर्न प्रहरीको पनि पहल हुनेछ ।’

उनका अनुसार बिहीबार आन्दोलनमा एक सयभन्दा बढी प्रहरीहरू खटाइएको थियो ।

प्रदर्शन नरोकिएपछि मेयर साम्पाङले छोटो सम्बोधन गर्दै साउन २७ गते आइतबार ११ बजे आन्दोलित पक्षहरूलाई वार्ताका लागि बोलाएका छन् ।

यसैबीच बिहीबार नै धरानका केही युवाहरूले खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेका छन् । धरान ११, १५ र १६ नं. वडाको खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको हो । धराने युवाहरू नामक एक पत्रमार्फत तालाबन्दी गरिएको जानकारी गराइएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा राजनीतिक दलहरूसहित स्थानीय उपभोक्ताहरूले गत आइतबार तालाबन्दी गरेका थिए । तर, उच्च अदालत विराटनगरले मंगलबार ताला खोल्न आदेश दिएपछि आन्दोलनरत पक्षले बुधबार ताला खोलेका थिए ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीले खानेपानीजस्तो संवेदनशील कार्यालयमा तालाबन्दी गर्न नपाइने भन्दै उक्त तालाबन्दी खोल्ने अन्तरिम आदेश दिएका थिए । अदालतको साउन २८ गते पूर्ण फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

भिडियो

Tags: #धरान#धरान उपमहानगरपालिकाआन्दोलनखानेपानीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना
विविध

झापामा जेनजी सहिद परिवार र घाइतेको डिजिटल प्रोफाइल तयार गरिँदै

by रासस
अशोज १७, २०८३
0

झापा : जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
FEATURE BREAKING

मोरङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज १७, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका...

देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

अशोज १६, २०८३
कानुनविपरीत काम गर्दा स्थानीय तहका उजुरी बढी

कानुनविपरीत काम गर्दा स्थानीय तहका उजुरी बढी

अशोज १६, २०८३
धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

अशोज १६, २०८३
विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा जेनजी सहिद परिवार र घाइतेको डिजिटल प्रोफाइल तयार गरिँदै

अशोज १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अशोज १७, २०८३
देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

अशोज १६, २०८३
कानुनविपरीत काम गर्दा स्थानीय तहका उजुरी बढी

कानुनविपरीत काम गर्दा स्थानीय तहका उजुरी बढी

अशोज १६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    965 shares
    Share 386 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    515 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.