इटहरी : रोट्र्याक्ट क्लब अफ सुनसरीले सार्वजनिक स्थलमा सचेतनामूलक बोर्ड राखेको छ ।
विश्व स्तनपान सप्ताहको अवसर पारेर क्लबले इटहरी उपमहानगर, सम्बन्धित वडा कार्यालय, सार्वजनिक शौचालयसहित अन्य विभिन्न सार्वजनिक स्थलमा सचेतनामूलक बोर्ड राखेको हो ।
रोट्र्याक्ट क्लब अफ सुनसरी २०२४।२५ की अध्यक्ष युरिका घिमिरेका अनुसार जनप्रतिनिधिसहित सरोकारवालाई ध्यानाकर्षण गराउँदै सचेतनामूलक बोर्ड राखिएको हो ।
स्तनपान कक्ष छुट्टै हुनुपर्ने र महिला लक्षित काम हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएको उनले बताइन् ।
रोट्र्याक्ट क्लब अफ सुनसरी महिलाहरूको क्लब रहेकाले महिला लक्षितसँगै सृजनशील कार्यक्रम गर्ने लक्ष्य लिएको अध्यक्ष घिमिरेले बताइन् ।














Discussion about this post