इटहरी : इटहरीका दुई युवकसहित पाँचजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १७ का २० वर्षीय अब्बास मिया र २८ वर्षीय मो. सफरुद्दीन र लिम्चुङबुङ गाउँपालिकाकी २० वर्षीया राजमिका राई छन् । उनीहरूको साथबाट १ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०१–००३ प ७०७० नम्बरको मोटरसाइकलबाट लुकाईछिपाई ल्याउँदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेसँगै मोटरसाईकल चालक बेलका नगरपालिका ९ का २४ वर्षीय प्रबिन राई र मोटरसाइकलमा पछाडि सवार बेलका ७ का २१ वर्षीय रोशन राईलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post