इटहरी : सुनसरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
सुनसरीको हरिनगर गाउँपालिका २ का ६० वर्षीय समुद्धिन मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।
मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगर पुर्याउनासथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post