मोरङ : मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १७ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–००३ ह २८८८ नम्बरको सिटी सफारीलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सिटी चालक विराटनगर १ का २३ वर्षीय पप्पु मण्डल र सवार कटहरी गाउँपालिका २ का ३१ वर्षीय सुमन राईको साथबाट १८ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका ९ का १९ वर्षीय आर्यन थारु चौधरी र २७ वर्षीय राम मुर्मुलाई प्रतिबन्धित औषधी ट्रामाडोल २०० ट्याबलेटसहित रतुवामाइ २ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post