इटहरी : सुनसरीबाट प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ शिवगन्जका ३२ वर्षीय विष्णु मेहता रहेका छन् ।
गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार मेहताको साथबाट ३३.२२ मिलिग्राम खैरो हिरोइन बरामद भएको थियो । पक्राउ परेका उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post