इटहरी : श्री कृष्ण जन्माष्टमीको अवसरमा इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिरमा भक्तजनहरूको भीड लागेको छ ।
सोमबार वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
तस्बिरमा हेर्नुहोस् इटहरीको श्री कृष्ण प्रणामी मन्दिरमा भक्तजनको भीड –















Discussion about this post