इटहरी : इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा एमाले कोशी प्रदेश कमिटिको सदस्यमा मनोनीत भएका छन् ।
एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी प्रदेश कमिटि सदस्यसहित सुनसरीको भोक्राह–नरसिंह गाउँपालिकाको इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
यसअघि २०७९ को निर्वाचनमा माओवादी केन्द्र प्रवेश गरेका उनी सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भएका थिए ।
निर्वाचनमा पराजय भोगेपछि चौधरी सक्रिय राजनीतिमा आएका थिएनन् । पछिल्लोपटक एमालेमै फर्किएका चौधरीले उक्त जिम्मेवारी पाएका हुन् ।
उनीसँगै विभिन्न पार्टीबाट एमालेमा आएका १४ जनालाई प्रदेश सदस्य मनोनीत गरिएको हो । एमालेले विभिन्न विभाग, पालिका इन्चार्ज तथा प्रदेश समितिलाई पूर्णता दिएको छ ।














Discussion about this post