Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८१
in विविध, समाचार
0
‘जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा’
72
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् ।

थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।

“संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए । बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन”, उनले भने ।

थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौ ५ गते काठमाडौँस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुईवटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको बताए । त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको प्राविधरणको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए ।

हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभूत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरुमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । उनका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको नौ सय ५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पु¥याउँदा करिब नौ सय घर अन्धकारमा बस्न बाध्य छन् ।

बाढी आएको भोलिपल्ट सङ्घीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर १५ हजारका दरले वितरण भएको रकमखुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताए । “खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । अहिले एक सयबढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ”, उनले भने ।

बाढी पुनः आउनसक्ने जोखिमलाई दृष्टिगत गरी तीनवटा सुरक्षा निकायको सहयोगमा आंशिक क्षति भएका घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको प्रजिअ खत्रीले जानकारी दिए । पूरै थामे क्षेत्रमा ढुङ्गा, गिट्टी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा गाउँ प्रभावित बनेको उनको भनाइ छ ।

थामे गाउँमा एक अर्बभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ खत्रीले बताए । उनका अनुसार थामेको शिरमा पाँचवटा साना–ठूला हिमताल छन् । गत साउनमा दुईवटा हिमताल फुटेको भन्दै अरू पनि जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । ६५ घरका करिब एक सय २० जना विस्थापित बनेका छन् । अहिले माथिल्लो थामे क्षेत्र ९थामे थिङ०मा कोही आफन्तको घरमा, सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बसिरहेका उनको भनाइ छ ।

पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्न सहज नभएको प्रजिअ खत्रीले बताए । सिङ्गो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले पनि धेरै दिन आश्रय दिनसक्ने अवस्था नरहेको भन्दै तत्काल बसोबासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँका अधिकांश पुरुष पर्यटन व्यवसाय, वैदेशिक रोजगारीका क्रममा गाउँबाहिर छन । यहाँ धेरैजसो महिला र बालबालिका बस्छन् । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, गरगहनासहितका सामग्री बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोखे ।

तत्कालका लागि बासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन् । “सबैथोक गुमाएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ । आफन्तसँग आश्रय लिएर कति दिन बस्ने ? ”, ताराले प्रश्न गरे ।

तापक्रम वृद्धि हिमपोखरी फुटनुको प्रमुख कारण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको अनुसन्धानका क्रममा स्थानीयले बताएका उल्लेख गरे । “हिमताल फुट्नुका कारण तापक्रम बढ्नु हो । जुलाई र अगस्तमा तापक्रम बढी भएकाले पनि यस्तो भएको हो”, उनले भने ।

थामेको शिरमा रहेका ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर हुनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औँल्याएको छ । हिमताल दुईभन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तन (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेलले उल्लेख गरे ।

विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलसहित जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको अनुसन्धानले देखाएको उनको भनाइ छ ।

“हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने हुन्छ । हिन्दू-कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको पाँच हजार मिटरको उचाइमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउन सात दशमलव दुई मिलियन अमेरिकी डलर खर्च भएको थियो । राष्ट्रसङ्घीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि छ”, जलवायुविज्ञ पोखरेलले भने।

वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो बरुण र लुम्दिङ छोको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । पानी तत्कालै निकास गर्न ठूलो धनराशिको आवश्यक पर्ने बताउँदै जोखिम कम नगरे त्यसले निम्त्याउने असर विकराल हुने आङ्कलन गरिएको जल तथा मौमम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलले बताए ।

कसरी आयो बाढी ?

खुम्बु क्षेत्रमा गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो ।

खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ सुमन ठकुरीका अनुसार एक दशकअघिको अध्ययनअनुसार सगरमाथा क्षेत्रमा साना–ठूला गरी छ सय २६ वटा हिमताल थिए । अहिले हिमतालको सङ्ख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरुले देखाएको उनले जानकारी दिए ।

बस्ती बीचबाट बग्ने थामे खोलाले साउन ३२ गते भने आफ्नो आकार परिवर्तन गरी सुन्दर बस्तीमा क्षति गरेको जलवायु परिवर्तन विज्ञ ठकुरीको भनाइ छ । “सन् १९८५ अगस्ट ४ (२०४२ साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना बगाएको थियो । त्यतिबेला ३० घर, १४ पुल बगाउनाका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो”, उनले भने ।

सङ्घीय सरकारका सिनियर डिभिजन इञ्जिनियरसमेत रहनुभएका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदीले थामेमा ३९ वर्ष अघिकोभन्दा गत साउनमा आएको बाढी ठूलो भएको बताए । “त्यस क्षेत्र आसपासमा रहेको स्याङ्गबोचे विमानस्थलमा विगत १५ दिनमा करिब एक सय ४८ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ”, उनले भने ।

जलवायु परिवर्तन असर अहिले हिमाली भेगमा पानी पर्न थालेको भूगर्भविद् द्विवेदीले जानकारी दिए । “बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुने, भिरमा जमेर रहेको बरफसहित माटोको ढिस्काले हिमपोखरी फुट्ने जोखिम बढेको हो”, उनले भने ।

राष्ट्रिय चासो आवश्यक

हिमाली क्षेत्रमा हुने बाढीपहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । विगतमा मनाङ, कागबेनी, मेलम्चीलगायत स्थानमा अस्वाभाविक बाढी आउँदा ठूलो क्षति भएका उदाहरण रहेका भन्दै प्राकृतिक विपद्को क्षति नियन्त्रण गर्न सरकारले गम्भीरपूर्वक योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा भूर्गभविद्ले जोड दिएका हुन् ।

थामेमा आएको बाढीबारे थप अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय निकाल्न सांसदहरुले माग गरेका छन् । यही भदौ २ गतेको राष्ट्रियसभाको बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आवश्यक अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न सङ्घीय सरकारसँग माग गरेका हुन् ।

Tags: #राससजलवायुसोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
FEATURE BREAKING

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.