Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भोजपुरको महभिर झरना : पर्यटकको मन लोभ्याउँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८१
in भिजिट नेपाल, विविध, समाचार
0
भोजपुरको महभिर झरना : पर्यटकको मन लोभ्याउँदै
98
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।

टेम्कमैयुङ–४ नागीमा रहेको यो झरना करिब ६० मिटर अग्लो छ । विगतका वर्षहरूमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झरना रहेको स्थानीयले बताउने गरेका छन् ।

झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनौँ मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । यो झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित रहेको छ ।

सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको स्थानीयवासीको भनाइ छ ।झरनाको अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको थप विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए ।

विषेशगरी गर्मी याममा धेरै पर्यटकको जमघट हुने उनको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए ।

‘महभिर झरनामा पर्यटकको आकर्षक केन्द्रका रूपमा स्थापित भइरहेको छ’, उनले भने, ‘दैनिकजसो दजनौँ मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।’

भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको संख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।

खास गरेर यहाँ गर्मीयाममा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए ।

यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भइरहेको उहाँको भनाइ छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।

‘महभिर झरना पर्यटकको रोजाइमा पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ । यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।’

महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईको भनाइ छ ।

‘यहाँ धेरै पर्यटकीय क्षेत्र छन्, पर्यटन र यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ । महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । यसलाई अझ व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौँ,’ उनले भनिन् ।

यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

Tags: #भोजपुर#राससपर्यटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते
FEATURE BREAKING

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.