इटहरी : इटहरी उपमहानगरपालिका २ मा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।
निर्माणाधीन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० वर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post