स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।
शुक्रबार राति सकिएको अन्तिम १६ को दोस्रो लेगमा सिटीले रियललाई २–१ ले हरायो। यो सँगै सिटी समग्रमा ४–२ ले विजयी भयो।
रियलको मैदानमा भएको पहिलो लेगमा पनि सिटी २–१ ले नै विजयी भएको थियो।
शुक्रबार राति सिटीका लागि स्टर्लिङले नवौं मिनेटमा पहिलो गोल गरे।
२८ मिनेटमा रियलका करिम बेन्जिमाले गोल फर्काए।
६८ मिनेटमा गाब्रियल जेससले सिटीका लागि दोस्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ तर्फ अघि बढाएका थिए।














Discussion about this post