बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चिलियाटापु स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानी खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरीले जनाएको छ ।



















Discussion about this post