इटहरी : मोरङ र सुनसरीबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुनवर्षी नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मे ६ प १८२८ नम्बरको स्कुटरबाट प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार ४ सय २० क्याप्सुल बरामद गरेसगै स्कुटर चालक स्थानीय २२ वर्षीय अप्सर आलम र स्कुटरमा पछाडि सवार सुनवर्षी ८ का २८ वर्षीय प्रदीप कुमार राजवंशीलाई पक्राउ गरेको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका १ बाट स्पास्मो ८ र नाईट्राभेट ८ ट्याब्लेटसहित सुनसरीको बराहक्षेत्र नगरपालिका १० का २० वर्षीय सुरज खत्रीलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post