Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८१
in विविध, समाचार
0
बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान
90
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : एकपटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् ।

एक पटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बाली विस्तारमा किसान आकर्षित भएका छन् ।

स्थानीय सरकारले पनि किसानलाई एभोकाडो, सुन्तला, कागती, किवी, ओखर कफीलगायत बहुवर्षीय बालीको खेतीका लागि प्रोत्साहनका कार्यक्रमसँगै अनुदान सहयोगसमेत गर्दै आएको छ ।

पौवादुङमा गाउँपालिकाले वडा नं १ श्मामशिलामा पकेट क्षेत्र निर्धारण गरेर बहुवर्षीय बाली किवीखेती विस्तार गरेर किसानलाई आवश्यक सहयोग गरिरहेको छ ।

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका करिब ३० घरपरिवारले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले एभोकाडो, कफीलगायतको खेती विस्तारका लागि किसानलाई आवश्यक प्राविधिक सहयोगसँगै बिरुवासमेत वितरण गर्दै जनाएको छ । गाउँपालिकाले किसानको दिगो आयश्रोतको व्यवस्थापन गर्न बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

बहुवर्षीय फलफूलको विस्तारले दीर्घकालसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । ‘किसानलाई बहुवर्षीय बालीको खेती विस्तारमा प्रोसाहित गर्दै आएका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘बहुवर्षीय बालीबाट एक पटक विस्तार गरेपछि किसानले लामो समयसम्म आम्दानी लिन सक्छन् ।’

गाउँपालिकाले यहाँको भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएर योजनाबद्ध रुपमा लगानी गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।

‘किसानलाई प्रोत्साहन गर्न हामीले बहुवर्षीय बालीको खेतीमा जोड दिएका छौँ’, अध्यक्ष राईले भने, ‘बहुवर्षीय बाली विस्तारले किसानले निरन्तर रुपमा आम्दानी लिन सक्नेछन्, अहिले हामीले योजनाबद्ध रुपमा काम अघि बढाएका छौँ, किसान यस्ता बालीको खेती विस्तारमा जुटेको अवस्था छ ।’

टेम्केमैयुङ गाउँपालिकाले पनि बहुवर्षीय बाली विस्तारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । गाउँपालिकाले सुन्तला, कागती, दाँते ओखर, किवीलगायत बालीको व्यावसायिक खेती विस्तारमा किसानलाई सहयोग गर्दै आएको उनको भनाइ छ ।

यहाँका नौ वटै वडाका तल्लो भेगमा सुन्तलाको राम्रो खेती हुने भएकाले सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

सुन्तला पकेट कार्यक्रम अन्तर्गत वडा नं २, ३ र ५ मा गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ बराबरको बिरुवा वितरण गरिएको उपाध्यक्ष राईले बताइन् । ‘बहुवर्षीय बाली विस्तारले किसानले लामो समयसम्म आम्दानी लिन सक्छन्, विभिन्न बहुवर्षीय बालीसँगै सुन्तलाखेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेका छौँ’, उनले भनिन् ।

किसानलाई वडास्तरबाट पनि विभिन्न जातका बहुवर्षीय फलफूलखेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

साल्पासिलिछो गाउँपालिकाले किवी, सुन्तला, अलैँची, रुद्राक्ष एभोकाडो, ओखरलगायत विस्तारमा जोड दिएको प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । वडा नं ५ मा ओखरको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ काम अघि बढाएको उनको भनाइ छ ।

अरुण गाउँपालिकाले आँप, लिची, सुन्तला, कागती एभोकाडोलगायतको खेतीमा जोड दिएको कृषि शाखा प्रमुख रविन्द्र सापकोटाले जानकारी दिए ।

किसानको मागका आधारमा सुन्तला, लिची, एभोकाडो, किवीलगायत बहुवर्षीय खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।

यहाँको वडा नं ५ मानेभञ्याङमा एभोकाडो तथा वडा नं ४ दलगाउँमा एभोकाडो र लिची एवं वडा नं १ ओख्रेमा किवीखेती विस्तार गरिएको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठेमा सुन्तला नर्सरी स्थापना गरेर किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गरिएको छ ।

Tags: #कृषि#भोजपुर#राससकिसान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    282 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.