Friday, November 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

गुरुकुलमा ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८१
in कला साहित्य, समाचार
0
गुरुकुलमा ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव सुरु
75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु भएको छ ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको छ । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देशक भैरव क्षेत्रीले संयुक्त रुपमा महोत्सव उद्घाटन गरे ।

आइतबारदेखि विद्यालयहरूको नाटक मञ्चन सुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।

शनिबारको नाटकमा मानवीय अस्तित्वको खोजी मूल कथा थियो । नाटकले दर्शकलाई आफ्नो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्मनिरीक्षण गर्न उत्साह भरेको थियो ।

नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदीप दाहाल, दीक्षा चौधरी, अमिशा वाग्ले, निशान चौहान राई लगायतले अभिनय गरेका थिए ।

अब आइतबार ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन गर्नेछ । त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एकपटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ ।

यस्तै नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्नेछ ।

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको गुरुकुलले जनाएको छ ।

Tags: आरोहण गुरुकुलआरोहण गुरुकुल विराटनगरनाटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ
समाचार

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

by माधव पोख्रेल
कार्तिक १९, २०८३
0

उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका तीन युवक पक्राउ परेका छन् । कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट...

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३
सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

कार्तिक १९, २०८३
विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३
गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

कार्तिक १९, २०८३
उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक १९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

कार्तिक १९, २०८३
कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    378 shares
    Share 151 Tweet 95
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.