विराटनगर : सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका ६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ का २० वर्षीय विपिन माझीलाई १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी दमक नगरपालिका ८ का २३ वर्षीय अभिषेक बिश्वकर्मालाई ट्रामाडोल ६७ र डिकोलीक ६७ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय दमकले र मोरङको बेलबारी नगरपालिका ८ का २२ वर्षीय साहिल लिम्बूलाई ८० ट्याब्लेट ट्रमाडोल र नाईट्रोसनसहित प्रहरी चौकी डाँगीहाटले पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका ६ स्थित सडक किनारमा रहेको झाडीमा बेवारिसे अवस्थामा रहेको निषेधित औषधी ट्रामाडोल १४ हजार ८ सय ट्याब्लेट प्रतिबन्धित औषधी बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post