Wednesday, May 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेश : तीन विधेयक पारित, विषयगत समिति सभापतिहरूको चयन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८१
in समाचार
0
कोसी प्रदेश : यी हुन् आफ्नै घरमा बसेर घरभाडा बुझ्ने सांसद
71
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन अन्त्य भयो ।

गत वैशाख ३१ गते सुरु भएर झण्डै चार महिना चलेको सो अधिवेशनमा २० पटक बैठक बसेको थियो ।

अन्तिम बैठकमा सभामुख विष्टले कोशी प्रदेशसभाले यस पटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्वपूर्ण सफलता हासिल गरेको भन्दै सभालाई मर्यादित रुपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

कोशी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो । पाचौँ अधिवेशनको अन्तिमसम्ममा शून्य समय ८४ पटक र वार्षिक नीति तथा कार्यक्रम, विधेयक तथा मुख्यमन्त्रीको विश्वासको मतसम्ममा एक सय ४३ पटक प्रदेशसभा सदस्यले आ–आफ्नो मन्तव्य राखे ।

यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरु तीन विधेयक पारित भए । केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् ।

प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमा चार संशोधन प्रस्ताव दर्ता भएकामा अधिकांश संशोधन सरकारले स्वीकार गरेकाले संशोधनकर्ता प्रदेशसभा सदस्यहरुले संशोधन फिर्ता लिएपछि उक्त विधेयक संर्वसम्मतले पारित भएको थियो । यस्तै प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐनलाई संशोधन गर्न बनेको २०७७ (विधेयक २०८१) मा बिना कुनै संशोधन सर्वसम्मतिले पारित भएको छ ।

यही सभामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरे । दुई तिहाई मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन् । कोशी प्रदेशमा ९३ प्रदेशसभा सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसको समर्थन र सहभागितामा एमालेको सरकार छ ।

मत विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको थियो भने विपक्षमा १५ मत प्राप्त भएको छ । एकीकृत समाजवादीका दुई सदस्यले मतदानमा भाग लिएनन् । मतदानका क्रममा प्रदेश सभाका ८३ सदस्य उपस्थित रहेका थिए । यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत भदौ १४ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपरेको थियो ।

यही अधिवेशनमा प्रदेश सभाको दोस्रो कार्यकालको २२ महिनासम्म विषयगत समितिका सभापति छनोट हुन सकेका थिएनन् । पछिल्लो समयमा केन्द्रीय राजनीतिमा आएको परिवर्तन पछि कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेपछि कोशी प्रदेशमा सातवटै समितिमा सर्वसम्मतले सभापतिहरु चयन भएका छन् ।

त्यसमा एमालेका तीन, नेपाली कांग्रेसका तीन र माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएर कोशी प्रदेशसभामा सहमति, सहकार्य र एकता देखिन पुगेको छ ।

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता तथा त्यसमा आधारित नीति र कार्यक्रमअनुसार सरकारले करिब ३५ अर्बको वार्षिक बजेट प्रस्तुत गरेको थियो । बजेटमा आएका प्रतिक्रिया र सुझावलाई मुख्यमन्त्री कार्कीले सकारात्मक रुपमा लिने र यसलाई विधि एवम् प्रक्रियाबाट परिस्कृत गर्ने घोषणा गरेपछि बजेट पनि सर्वसम्मतले पारित भएको थियो ।

अधिवेशन समापनका अवसरमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले अब सरकारले कुरा गर्ने होइन काम गरेर देखाउनु पर्ने सुझाव दिँदै नेपाल निर्माण गर्न एमाले र नेपाली कांग्रेसको नयाँ समीकरण बनेको जानकारी दिए ।एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अहिलेको सरकारले जनतालाई दिने सेवाप्रवाहलाई अझ व्यवस्थित गर्ने भन्दै सरकार बनेको थोरै समयमा प्रदेशबाट अस्थायी सवारी चालक अनुमतिपत्र दिने काम सुरु गर्नु र प्रदेशमा देखिएका बेरुजु खर्च घटाउनु सराहनीय रहेको बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभा राजनीतिक अस्थिरताको छायाँ बन्न नहुने बताउँदै प्रदेश सभा स्वतन्त्र रुपमा चल्नुपर्ने जिकिर गरे । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले आन्दोलन र निर्वाचनताका जनतासँग गरेको कबुल पूरा गर्न सुझाव दिँदै सरकारले समयको सङ्केत बुझेर काम गर्न आग्रह गरे ।

राप्रपा संसदीय दलका तर्फबाट निमसरि राजवंशीले सरकारको राम्रो कामको समर्थन र खराब कामको खबरदारी गर्ने जनाउँदै सरकारले चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने तस्करी, लागु र दुव्र्यसनीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरे। जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने वातावरण हुँदाहुँदै पनि सरकारले आफूहरुसँग विश्वासको मतका लागि आग्रह नगरेकामा दुःख व्यक्त गरे ।

विगतमा विशेष समय र शून्य सममयमा उठेका प्रश्नहरुको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशमा देखिएका समस्यालाई समाधान गर्न सरकार गम्भीर रहेको बताए । उनले सङ्घमा कतिपय कानुन निर्माण नभएकाले प्रदेश सरकार अप्ठ्यारोमा परिरहेको गुनासो गरे ।

Tags: #राससकोसी प्रदेशविधेयक पारित
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ
FEATURE BREAKING

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब ५ बजेतिर इलाका प्रहरी कार्यालय...

‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज
FEATURE BREAKING

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

इटहरी : सरकारी कर्मचारीबीच ट्रेड युनियन खारेजीको विषय अहिले बहसको केन्द्रमा छ। एकातर्फ यसलाई सुधारको अवसरका रूपमा हेरिएको छ भने अर्कोतर्फ...

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३
हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३
अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३
मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.