मोरङ : मोरङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
मंगलबार रंगेली नगरपालिका ९ की २७ वर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी मिक्लाजुङ गाउँपालिका ३ स्थितमा घर बनाउन गएका मिस्त्री झापाको दमक नगरपालिका ४ का ३६ वर्षीय कुमार मोतेको घरबाहिर उभिएको अवस्थामा चट्याङले लागेर मृत्यु भएको हो ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post