इटहरी : झापा र उदयपुरबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा गाउँपालिका ६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका झापा ५ का ४२ वर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका ७ स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ताप्ली गाउँपालिका १ का ३० वर्षीय सरोज राई र २८ को दलबहादुर राईलाई १२ किलो ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post